अक्टोबर क्रान्तिको सम्झनामा नेपालमा पनि शतवार्षिकी मनाउदै

काठमाडौँ :  जार शासक विरुद्ध सन् १९१७ अक्टोबर २५ देखि नोभेम्बर ७ सम्म रुसको पेट्रोग्राद शहरमा सञ्चालन भएको अक्टुबर क्रान्तिको सम्झनामा नेपालमा पनि विभिन्न कार्यक्रम गरि अक्टोबर क्रान्तिको शतवार्षीकी मनाउदै छ ।

संसारलाई नयाँ बाटो देखाउने अक्टोबर क्रान्तिले आफ्नो पहिलो कामको रुपमा जसले जग्गा जोत्ने उसैको अधिकार, महिला तथा तेस्रो लिङगीहरुमाथिका सामन्ती पुँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानुन जारी गरेको थियो । सो सम्झनामा अक्टोबर क्रान्ति समारोह समिति नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पत्रकार सम्मेलनगरी कार्यक्रमको जानकारी दिएको थियो ।

मंसिर १५ गते शनिबार हुने उक्त कार्यक्रममा समाजमा अग्रगामी परिर्वतनका लागी लाग्नुभएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने, कविता वाचन, सांस्कृतिक कार्यक्रम लगायत घोषणापत्र वाचन र प्रीतिभोज समेत हुने अक्टोबर क्रान्ति शतबार्षिकी समारोह समितिका संयोजक स्वनाम साथीले जानकारी दिएका छन् ।

२०७५ मङ्सिर १४ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :