महासङ्घ उपत्यका ब्युरो संयोजकमा आरोह, सेन–च्याङ परिवारको संयोजकमा बुद्ध


काठमाडाैँ :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ उपत्यका ब्युरो र त्यसअन्तर्गत सेन–च्याङ सांस्कृतिक परिवारको घोषणा गरिएको छ ।  मङ्सिर १४ गते सम्पन्न विशेष भेलाले आरोह नेपालीको संयोजकत्वमा १९ सदस्यीय महासङ्घ उपत्यका ब्युरो गठन गरेको छ । ब्युरो सदस्यहरूमा मुक्तान थेवा, सागर बीसी, सर्जक, लक्ष्मण श्रेष्ठ, रमण थामी, बुद्ध, भरत परियार, हरि, कृष्ण, विवेक चलाउने, राम परियार, चन्दन, सुष्मा राई, चन्द्रकला भट्टराईलगायत छन् । त्यसैगरी बुद्ध लामाको नेतृत्वमा ९ सदस्यीय सेन–च्याङ सांस्कृतिक परिवार गठन गरिएको छ । सदस्यहरूमा राम परियार, दिलीप सुनार, निरमा, राकेश, देवीलगायत छन् ।

अखिल नेपाल जनसांस्कृतिक महाङ्घका महासचिव खेम थपलिया प्रमुख अतिथि रहेको भेलामा अखिल नेपाल चलचित्रकर्मी सङ्घका संयोजक विवेक सापकोटा, अखिल नेपाल लोककलाकर्मी सङ्घका संयोजक ढुण्डीराज अधिकारी र अखिल नेपाल लेखक सङ्घका कोषाध्यक्ष प्रतिबद्धको उपस्थिति थियो ।

२०७५ मङ्सिर १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :