शिक्षकहरु आन्दोलनमा

 

काठमाडौ : नेपाल शिक्षक महासङ्घले मङ्सिर १४ गते प्रदर्शनीमार्गमा विशाल विरोध प्रदर्शन गरेको छ । नेपालमा कार्यरत शिक्षक विद्यालयकर्मचारीहरुले विगत लामो समयदेखि आफ्नो पेशागत र शैक्षिक मागहरु राख्दै आएका थिए । तर सरकारले शिक्षक संगठनहरुसँग भएका सहमति सम्झौताहरु पूरा नगरेपछि पूनः आन्दोलनको आयोजना गरेका हुन् । उक्त शिक्षक सभालाई अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष घनश्याम पाठकले इन्टरनेश्नल पिस फेडेरेशनको कार्यक्रममा सहभागि भएका विदेशी पाहुनाहरुले शिक्षकको आन्दोलन देख्छन् भनेर यो सरकारले हामीलाई जुलुस पनि गर्न नदिएको बताए । उनले भने, ‘समाजवादी भन्न रुचाउने यो सरकारको पालामा महिनाको ६ हजार तलव खाने शिक्षक र मासिक २ हजार तलब बुझ्ने विद्यालयकर्मचारी अहिले पनि छन् उनीहरुलाई पेटभरी खान पुग्दैन अनि कसरी समाजवादी हुन्छ’ भनि प्रश्न गरे । उनले अहिलेसम्म शिक्षकको माग पुरा नगरेकाले अब निर्णायक आन्दोलन गर्नु घोषणा पनि गरे ।
उक्त कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, महिला उपाध्यक्ष टीका राई लगायतकाले सम्बोधन गरेका थिए ।

२०७५ मङ्सिर १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :