देश र जनताको प्रतिनिधित्व गर्ने पार्टीको खाचो छ – प्रकाण्ड

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले देश अहिले संकटमा रहेकोले देश र जनताको प्रतिनिधित्व गर्ने पार्टीको खाचो रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको तीन दिने पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै देशको जिम्मेवारी कसैले नलिने हो भने भयानक निशानामा पस्नेछ त्यसैले त्यसको जिम्मा आफ्नो पार्टीको काँधमा आएको बताएका छन् ।

उनले भनेका छन्, ‘पटकपटक देशले धोका खाएको छ त्यसैले हाम्रो देशको उन्नती हुन सकेन, नेताहरुसत्तामा गए, जनतालाई सडकमा छोडेर अब जनतालाई आफ्नै पार्टी चाहिएको छ, सम्झौतामा आन्दोलन नतुहाउने पार्टी लिडर चाहिएको छ त्यसको भूमिका निर्वाह गर्न हामी तयार छौँ ।’ अहिलेसम्म देश निको नहुनुको पछाडि रोग निर्मुल पार्नका लागि राजनीतिक डाक्टरहरु नभई ट्रान्सफर गर्ने काम मात्र भएको बताए ।
प्रवक्ता प्रकाण्डले देश र जनताको मुक्तिका लागि अहिले एउटा ठुलो बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी भएको बताउँदै त्यो कार्यभार पुरा गर्न क्रान्तिकारी पत्रकारहरुको मुख्य भुमिका रहेको बताए ।
जनताको आशा , अपेक्षा पुरा गर्ने चुनौति छ, क्रान्तिका साधन विज्ञान र प्रविधिलाई पनि यो मोर्चाले आधा भूमिका खेल्लुपर्ने उनकाे धारणा थियाे ।
समापन कार्यक्रममा नेकपाका राजनीति समितिका सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले कार्यक्रममा  अनिल विरहीले अहिलेको युगमा सञ्चारको भूमिका झन् बढेको बताए । उक्त कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गरेका थिए भने सञ्चालन हिम विष्टले गरेका थिए । सोमबारदेखि सुरु भएको कार्यक्रम बुधबार भव्यताका साथ सम्पन्न भएको संगठनले जनाएको छ ।

 

२०७५ मङ्सिर १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :