मकवानपुरको गर्लिङमा सैनिक अप्रेशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सैन्य तालिम सञ्चालन भएको भन्दै नेपाली सेनाले मकवानपुरको एउटा गाँउमा ५ दिनदेखि अप्रेशन चलाइरहेको समाचार छ । स्थानीयका अनुसार जिल्लाको राक्सीराङ गाभा वडा नं ७ गर्लिङमा ज्वाई भनेर चिनिने धावा सिहँ सिन्ताङको घर क्षेत्रमा मङ्सिर ९ गतेदेखि नेपाली सेना बसिरहेको छ । सेनाले भेटेजतिका स्थानीयहरुलाई यो क्षेत्रमा विप्लवको सैन्य गतिविधि केही छ कि भनेर सोधपुछ गर्नुकासाथै र फोटोहरु खिच्नुका साथै सर्च गरिरहेको छ ।

नेकपाका एकजना व्यक्ति विपुलले मवानपुरमा पर्ने राक्सीराङगाभामा आफ्नो पार्टीको कुनै सैनिक गतिविधि नभएको बताए । उनले भने –‘हामी राजनैतिक अभियानमा लागेका छौँ सैन्य गतिविधिमा लागेको भनेर भ्रमपूर्ण कुरा कसैले गरेको होला बरु कुरा के हो भने उक्त गाँउका मानिस हाम्रो पार्टीलाई समर्थन गर्दछन्, देशका सयौं ठाउँका हजाराँै मानिस हाम्रो पार्टीलाई समर्थन गर्दछन् त्यो त राजनैतिक आस्थाको कुरा हो नी ।’ विपुलका अनुसार त्यसक्षेत्रमा सेनाले अप्रेशन चलाएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

२०७५ मङ्सिर १३ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :