नेकपाका जिल्ला नेता खत्री गिरफ्तार

सल्यान : नेपाल कम्युनिस्ट पार्टीका एकजना नेता बैठक स्थलबाटै गिरफ्तार परेका छन् । मंगलबार श्रीनगरमा पार्टीको बैठक बसिरहेको बेला जिल्ला सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोपबहादुर खत्री बैठक स्थलबाटै गिरफ्तार परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उनलाई पक्राउ गरेको नेकपा सल्यानले जनाएको छ । हिजोदेखि नै आफ्नो पार्टीमाथि धरपकट गर्ने सरकारले बैठक स्थलबाटै नेता गिरफ्तार गर्नु अमानविय व्यवहार र आपत्तीजनक भएको नेकपा सल्यान इन्चार्ज विश्वले बताएका छन् ।

विभिन्न बहाना बनाएर नेताहरुलाई गिरफ्तार नगर्न उनले प्रहरी प्रशासनलाई आग्रह पनि गरेका छन्। जनताका आवाज उठाउदा नेता-कर्यकर्ताहरुलाई फसाउन विभिन्न आरोप लगाएर गिरफ्तार गरेको भन्दै उनले नेता खत्रीलाई तत्काल रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

२०७५ मङ्सिर १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :