क्रान्तिकारी स्वास्थ्यकर्मीमा टीका कँडेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट स्वास्थ्यकर्मीको राष्ट्रिय भेलाले टीका कँडेललाई अध्यक्षमा निर्वाचित गर्दै २८ सदस्यीय कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौँको शङ्खमूलमा भएको भेलाले उपाध्यक्षमा पिताम्बर भुर्तेल, महासचिवमा प्रकाश चन्द, सचिवमा रत्न शर्मा, कोषाध्यक्षमा कैलास लामा र सदस्यहरूमा नरबहादुर थापा, भैरव बोहोरा, शिला गैरे, विनोद रावल, लोकेश जोशी, अम्बिका पाठक, रमानन्द जोशी, योगेन्द्र यादव, युगेश्वर शर्मा, फुलराम चौधरी, भीम लामा, गोविन्द सापकोटा, दीपेन्द्र पोडैल, जयराम रायमाझी, पुष्पाकुमारी महत्तो, रीता ढुङ्गाना, सपना लामिछाने, सुशीला गैरे, कुरान अली, शारदा केसी रहेका छन् । भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले गरेका थिए । भेलाका सहभागीलाई पीबीएम तथा पूर्वी कमान्ड इन्चार्ज एवम् विशेष अतिथि अनिल विरहीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपाका नेताहरू पीबीएम माेहन कार्की ‘जीवन’ , ओमप्रकाश पुन ‘निर्माण’, देवनारायण शाह, राजु कार्की, प्रज्वल श्रेष्ठलगायतको उपस्थिति थियो ।

२०७५  मङ्सिर १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :