क्याम्पसको सम्पत्ति हिनामिना गर्नेलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं : भक्तपुरस्थित सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भुमाफियाहरुसँग मिलेर कौडीको भाउमा बेच्ने क्याम्पस प्रमुखलाई अखिल क्रान्तिकारीले कार्वाही गर्ने चेतावनी दिएको छ । सार्वजनिक सम्पति दुरुपयोग गरेको भन्दै क्रान्तिकारीले  अाइतबार उक्त जग्गामा व्यानर टाँसेर क्याम्पस प्रमुख रामचन्द्र घिमिरेका हर्कतहरु सार्वजनिक गरेको छ । घिमिरेले कर्मचारी नियुक्ति र प्राध्यापक करार नियुक्ति गर्दा समेत घुस खाएको क्याम्पसको भौतिक संरचनामा निर्माण सामाग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको र क्याम्पसलाई निजीकरण गरेको अखिल क्रान्तिकारी भक्तपुरले बताएको छ ।
२०७५ मंसिर ९ गते आइतबार बेलुका प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :