विप्लवमय सञ्चारमाध्यम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुर्नगठन दिवसको अवसरमा शनिबार काठमाडौंमा विशाल जनसभाको आयोजना ग¥यो । उक्त जनसभा हेरेपछि धेरै मानिसहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको राजनैतिक आयतन बढिरहेको प्रतिक्रिया दिए । मानिसहरुले २०६७ साल बैशाखमा आयोजना गरिएको ६ दिने आम हड्ताल पछिको सबैभन्दा ठूलो शक्ति प्रदर्शन गरिएको बिश्लेषण गरेका छन् । खुला मञ्चमा हजारौं हजार मानिस उपस्थित हुँदा र महाधिवेशन उद्घाटन शत्रमा हजारौको संख्यामा सडकमा ओइरिदा पनि मिडियाले खासै महत्व दिएका थिएनन् । तर शनिबार काठमाडौंमा आयोजना गरिएको जनसभालाई कैयौ टेलीभिजन, दर्जनौ रेडियो, युटुव च्यानल, अनलाईनहरुले प्रत्यक्ष प्रशारण गरे । आइतबार प्रकाशित हुने दर्जन बढि राष्ट्रियस्तरका अखबारहरुले विप्लव नेकपाको जनसभाको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, राजधानी दैनिक, नयाँ पत्रिका, गोरखापत्र लगायतका छापा संचारमाध्ययममा प्रकाशित गरिएका समाचारहरु तस्वीरमा

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :