माओवादी केन्द्रद्वारा मतपत्र च्यातियो

renuka devi JPEG
रातोखबर संवाददाता/चितवनः जेठ १५, आफ्नो उम्मेदवारले हार्ने भएपछि नेकपा (माओवादी केन्द्र)का दुई कार्यकर्ताले सोमबार विहान गन्दै गरेका केही मतपत्र च्यातेका छन् । भरतपुर कब्बड हलमा मतपत्र गणना भइरहेको बेला माओवादी केन्द्रका कार्यकर्ताहरु मधु न्यौपाने (रामनगर) र माआवादी केन्द्रका केन्द्रीय सदस्य द्रोणबावु सिवाकोटी (आँपटारी)ले सो मतपत्र च्यातेका हुन् । निर्वाचन अधिकृत कविराज न्यौपानेले ‘आफू चर्पी गएको बेला मतपत्रहरु च्यातिएकोले कसले च्यातेको हो थाहा भएन’ भनेका छन् । न्यौपानेको भनाइले मतगणना प्रक्रिया थप रहस्यमय बनेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता घननाथ सापकोटा ‘विकास’ ले ‘खेलमा भाग लिने, हार्ने भएपछि झेल गर्ने पनि खेलाडी हुन्छ ?’ माओवादी केन्द्रप्रति कटाक्ष गर्दै भनेका छन् । अहिले त्यहाँ मतगणना स्थगित छ भने सोही विषयलाई लिएर निर्वाचन आयेगको केन्द्रीय कार्यालय काठमाडौंको कान्तिपथमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :