प्रदर्शनीमार्गमा नेकपाको विशाल जनसभा सुरु, हामीले यो राष्ट्र हाम्रै हो भन्न पाउनुपर्छ : पदम राई, पूर्वमाओवादी केन्द्रका सयौँ पार्टी प्रवेश

काठमाडौं : पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाले काठमाडौँमा आयोजना गरेको विशाल जनसभाको औपचारिक सुरुआत भएको छ । उक्त सभाका प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्ड रहेका छन् भने अन्य अतिथिहरुमा नेकपाका सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल असारे काका, पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरु पनि सभामा उपस्थित भएका छन् । कार्यक्रमको सञ्चालन नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेलले गरिरहेकी छिन् भने सभाको अध्यक्षता नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गरेका छन् । यस्तै पोलिटब्युरो सदस्य पदमा राईले सहभागीहरुलाई मन्तव्यमार्फत स्वागत गर्दै देशभक्त जनताले यो देश हाम्रै हो भन्न पाउनुपर्ने बताएका छन् । उनले एकीकृत जनक्रान्तिका माध्यमबाट नेपाल र नेपाली जनतालाई मुक्त गराउने र वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए ।
सभामा देशभरबाट नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र लगभग पचास हजार जनताको उपस्थिति रहेको छ । सहभागीले प्रदर्शनीमार्ग, भृकुटीमण्डप, पुतलीसडक, रत्नपार्क खचाखच भरिएको छ । सभाका सहभागीहरु प्रदर्शनी मार्गमा अटाउन समस्या भएपछि भुकृटीमण्डप आरआर क्याम्पसपछाडि बागबजार क्षेत्र र पद्मोदय मोडतिर बसेर कार्यक्रम सुनिरहेका छन् । अतिथिहरुलाई ब्याच वितरणपछि सहिदहरुप्रति एक मिनेट मौनधारण गरी कार्यक्रममा अन्तर्राष्टिय गीत र स्वागत मन्तव्य प्रस्तुत भैसकेको छ । कार्यक्रममा सामना परिवारले जनवादी सांस्कृतिम कार्यक्रम पनि प्रस्तुत गरिरहेको छ । कार्यक्रममा पूर्वमाओवादी केन्द्रका नेता एवम् सांसद पूरन राना थारु, माकेका पूर्वनेता एवम् बौद्धिक अभियन्ता नरबहादुर कार्कीलगायत सयौँजना नेकपामा प्रवेश गरेका छन् ।


२०७५ मंसिर ८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :