कार्यक्रमका प्रमुख वक्ता प्रकाण्डलगायत नेताहरु सभास्थलमा

        काठमाडौँ : नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा आज मंसिर ८ गते आयोजना गरेको विशाल जनसभाका प्रमुख अतिथि उक्त पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता प्रकाण्ड सभास्थलमा आइपुगेका छन् ।


आजको जनसभाका प्रमुख अतिथि प्रकाण्डलगायत नेकपाका पोलिटब्युरो सदस्य ओम पुन, पदम राई, उमा भुजेल, गम्भीर, जीवन्त, केन्द्रीय सदस्यहरु, सल्लाहकार समितिका सचिव चित्रबहादुर आले, सल्लाहकार समितिका सदस्य झपेन्द्र वैद्य, आजको कार्यक्रमका वक्ताहरु नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीलगायत विभिन्न पार्टी र दलका नेताहरु कार्यक्रमस्थलमा पुगिसकेका छन् ।सभास्थलमा अहिले देशका विभिन्न ठाउँबाट आएका झाँकीहरु प्रस्तुत भैरहेका छन् । अब केही समयमै औपचारिक सभा सुरु हुने जानकारी आयोजकले दिएको छ ।
२०७५ मंसिर ८ गते शनिबार दिउसो प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :