राता मान्छेहरुको भीडले प्रदर्शनी मार्ग भरिभराउ, झाँकीले काठमाडौँ सजियो

    काठमाडौं :नेकपाले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको विशाल जनसभाका लागि काठमाडौँका विभिन्न ठाँउहरुबाट निस्केको जुलस प्रदर्शनीमार्गमा आइपुग्ने क्रम सुरु भएको छ ।


रातो पोसाकमा हजारौँ मान्छेको उपस्थितिले शनिबार दिउँसो १२ बजेदेखि प्रदर्शनीमार्ग भरिभराउ भएको छ । सभामा सहभागी हुनका लागि सहरका विभिन्न ठाउँबाट निस्केको जुलुुस प्रदर्शनीमार्गमा आउने क्रम जारी छ । अहिलेसम्म पश्चिम केन्द्रीय कमान्डको जुलुस सभास्थलमा प्रवेश गरिसकेको छ भने पूर्वी कमान्ड र मध्यकमान्डको जुलुुस प्रवेश गर्दैछ । विभिन्न जनजाति र संस्कृति झल्काउने झाँकीहरुले काठमाडौँ झकिझकाउ बनेको छ ।


आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन, सगरमाथा टेलिभिजन, माउन्टेन टेलिभिजन, एपी वानलगायत विभिन्न टेलिभिजन, दर्जनौँ एफएम रेडियोहरु, विभिन्न यूट्युब च्यानल र अनलाइनहरुले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । विशाल जनसभाका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले नेतृत्व गरेको मूल जुलुस केहीबेरमै मञ्चमा प्रवेश गर्ने जानकारी आयोजकले दिएका छन् । सभाका लागि आयोजकले बोलाएका विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु पनि सभास्थल प्रवेश गरिरहेका छन् ।


   

२०७५ मंसिर ८ गते शनिबार दिउसो प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :