प्रदर्शनीमार्गमा हुने जनसभाका लागि ठाउँठाउँबाट जुलुस सुरु

 


         काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको सभामा सहभागी हुन काठमाडौँका विभिन्न ठाउँबाट जुलुस सुरु भैसकेको छ ।
काठमाडाँैका बबरमहल, गोंगबु, लैनचौर, कालीमाटी, कलंकीलगायत स्थानमा जुलुुस सुरु भइसकेको जानकारी आयोजकले दिएको छ । उक्त जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । आयोजकले दिएको जानकारीअनुसार लैनचौरबाट सुरु हुने जुलुसको नेतृत्व नेकपाकी पोलिटब्युरो सदस्य उभा भुजेलले गरेकी छिन् भने कालीमाटीबाट सुरु भएको जुलुसको नेतृत्व पोलिटब्युरो सदस्यहरु गम्भीर र जीवन्तले गरेका छन् । यसैगरी बबरमहलबाट सुरु हुन लागेको जुल्सको नेतृत्व अर्का पोलिटब्युरो सदस्य पदम राईले गरिरहेका छन् ।


पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजना गरिएको बृहत् जनसभालाई नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले सम्बोधन गर्दैछन् । आजै नेकपाका महासचिव विप्लवले जनसभा सफलताका लाग बधाई तथा शुभकामनासन्देश पठाएका छन् ।
२०७५ मंसिर ८ गते शनिबार प्रकाशित ं

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :