ओली र प्रचण्डले पनि ज्ञानेन्द्रले जस्तै भाग्नुपर्ने बेला आयो : कट्टेल


काठमाडौं : नेकपाका अध्यक्ष ऋषि कट्टेलले केपी ओली र प्रचण्डहरुले पनि ज्ञानेन्द्र शाहले झैँ सत्ता छाडेर भाग्नुपर्ने बताएका छन् । नेकपाले पार्टी पुनर्गगठन दिवसका अवसरमा आज प्रदर्शनीमार्गमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेता कट्टेलले भने, नेपालका क्रान्तिकारीहरु मरेका छैनन् । तिम्रा प्रतिक्रान्तिकारी कदमहरुलाई चिहानमा गाड्दै क्रान्तिमार्गमा अघि बढिरहेका छन् । विश्व क्रान्तिको बदलिएको चरित्रअनुसार लाखौँ जनता विद्रोहमा सामेल हुँदै गएको र विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको यो प्रदर्शन र सभाले पनि त्यो प्रमाणित गर्दै गएको उनको भनाइ थियो । कम्युनिस्टकै नाममा कम्युनिस्ट दबाउने, जनताका आवाज बन्द गर्न खोज्ने ओली र प्रचण्डमाथि अब जनताले प्रतिबन्ध लगाउने बेला भएको पनि नेता कट्टेलले बताए । कट्टेलले विद्रोहको आरम्भ थालेको र मुक्तिका सपना ब्युँताएको भन्दै नेकपाले सुरु गरेको जनक्रान्तिको प्रशंसा गरे ।

२०७५ मंसिर ८ गते  शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :