देशैभरिबाट काठमाडौँका लागि मार्च सुरु

झापाकाे टाेली लाहानमा

 

काठमाडौँ : साताव्यापी पार्टी पुनर्गठन दिवसअन्तर्गत नेकपाका कार्यकर्ताहरुले आज बिहानैदेखि काठमाडौँका लागि मार्चपास सुरु गरेका छन् । झापाबाट मेची ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन, धरानबाट कोसी ब्युरो संयोजक पुष्कर, सगरमाथा ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य दीपेश राई र जनकपुर ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देशले अपराह्नदेखि काठमाडौँ मार्च सुरु भएको बताएका छन् । साताव्यापी पार्टी पुनर्गठन दिवसअन्तर्गत देशैभरबाट नेकपाका नेता–कार्यकर्ताहरुले शुक्रबार बिहानैदेखि काठमाडौँका लागि मार्चपास्ट सुरु गरेका छन् । झापाबाट मेची ब्युरो इन्चार्ज तथा ताप्लेजुङ, भोजपुर, सङ्खुवासभालगायत हिमाली जिल्लाबाट भने बिहानैदेखि मार्च सुरु भएको छ ।
त्यसैगरी नारायणी ब्युरोका इन्चार्ज तथा केन्द्रीय सदस्य चिरन पुन मिलन, पश्चिम ताम्सालिङ इन्चार्ज तथा केन्द्रीय सदस्य आधार र पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज प्रज्वलनले साँझबाट काठमाडौँ मार्च सुरु भएको बताएका छन् । त्यसैगरी उपत्यका ब्युरोबाट भोलि शनिबार बिहान मात्रै मार्च सुरु हुनेछ ।


काठमाडौँको प्रदर्शनीमार्गमा शुक्रबार साँझ दीप प्रज्वलन भएको छ । उता गण्डक ब्युरोबाट मार्च सुरु भएको जानकारी ब्युरो इन्चार्ज आस्थाले दिएकी छिन् । त्यसैगरी धौलागिरि ब्युरोका इन्चार्ज तथा केन्द्रीय सदस्य विप्लवले अपराह्नदेखि नै मार्च सुरु भएको बताएका छन् । उता लुम्बिनी ब्युरोबाट मार्च सुरु भएको जानकारी ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य वीरजङ्गले दिएका छन् ।

चितवनका स्वास्थ्यकर्मी जुगेडी

उता राप्ती ब्युरोका सबै जिल्लाबाट मध्याह्नदेखि नै मार्च सुरु भएको जानकारी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभासले दिएका छन् । त्यसैगरी कर्णाली ब्युरो इन्चार्ज केन्द्रीय सदस्य एटमले शुक्रबार बिहानैदेखि कर्णालीबाट मार्च सुरु भएको र भोलि बिहान ११ बजेसम्म काठमाडौँ पुगिसक्ने बताएका छन् । त्यसैगरी भेरी ब्युरो इन्चार्ज शीतल, सेती ब्युरो इन्चार्ज सिकन्दर र महाकाली ब्युरो इन्चार्ज रापतीले आफ्नो ब्युरोबाट काठमाडौँ मार्च सुरु भएको बताएका छन् । मार्चपास्टमा अहिलेसम्म कुनै अवरोध नभएको जनाइएको छ ।

जनसभाको प्रचारमा खेलाडीहरू
यस्तै नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले शनिबार काठमाडौँमा हुने आमसभाको प्रचारप्रसार गर्न काठमाडौँमा ¥यालीसहित कोणसभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु भएको ¥याली भद्रकाली, थापाथली, घण्टाघर, रानीपोखरी हुँदै फेरि रङ्गशालामै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा महासङ्घका अध्यक्ष जयन्द्रबहादुर चन्द, उपाध्यक्ष मार्सल सिंह, महासचिव विनोद चन्द, सचिव रोशन चन्दलगायत उपस्थित थिए । ¥यालीलाई खेलकुद महासङ्घका महासचिव विनोद चन्दले सम्बोधन गरेका थिए ।
मङ्सिर ८ गते शनिबार नेकपाले आफ्नो पार्टी स्थापना दिवसको अवसर पारेर काठमाडौँमा बृहत् जनसभा आयोजना गरेको छ । उक्त सभाको प्रचारप्रसारको नेकपा निकट विभिन्न जनवर्गीय सङ्घसङ्गठनहरूले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

२०७५ मङ्सिर ७ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :