मध्यरातमा टेलिफोन संवाद हामी उत्साही भएर जनसभामा सहभागी हुन आइपुग्दैछौँ

अशोक सुवेदी (झनक श्रेष्ठको सहयोगमा) 

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मंसिर ८ गते शनिबार काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्ने बृहत् र्याली र जनसभामा सहभागी हुन देशभरबाट सार्वसाधारणसमेत उत्साहित हुँदै कोठमाडौँतर्फ लागेका छन् । कार्यक्रममा सहभागी हुन बाराका ८६ वर्ष कटेका नन्दन अर्यालदेखि १८ वर्षका स्याङ्जाका किशोरकिशोरीसमेत काठमाडौँतर्फ लागेका छन् । पश्चिम ताम्सालिङ चितवन जिल्लाकी पार्टीनेत्री अम्बिका पाठकका अनुसार जिल्लाबाट ३५ सिटका ८० वटा गाडीमा ३५०० भन्दा बढी जनता, शुभचिन्तक र कार्यकर्ता काठमाडौँ प्रस्थान गरेका छन् । राति १०ः३० मा जुगेडी आइपुगेकी अम्बिकाले ईरातोखबरसँग भनिन्, ‘सयौँ मानिस गाडी नपाएर फर्किए । गाडी पुगेको भए चितवनबाटै ५ हजारभन्दा मानिस काठमाडौँको जुलुस र जनसभामा सहभागी हुने अवस्था उत्पन्न भएको थियो ।’

पूर्वी ताम्सालिङ रामेछाप जिल्लाका सेक्रेटरी अभिलाश भन्छन्, ‘सैपु क्षेत्रका सयभन्दा बढी जनता, शुभचिन्तक र कार्यकर्ता शुक्रबारै काठमाडौँ पुगिसके । दुर्गम गुप्तेश्वर (प्रीति क्षेत्रका ३,४ सयजना सदरमुकाम मन्थली आएर बसेका छन् । भोलि बिहान ६ बज्दानबज्दै काठमाडौँतिर लाग्छौँ ।’ पार्टीको नीति, कार्यक्रम सुन्न र वर्तमान ओली प्रचण्ड सरकारको ज्यादतीविरुद्ध सङ्घर्षमा सामेल हुन लालायित जनता साधनको अभावमा काठमाडौँ जानबाट वञ्चित भएको बताए ।

जुुलुस र सभामा सहभागी हुन गण्डक ब्युरोको स्याङ्जाबाट काठमाडौँ हिँडेका ३ वटा गाडी राति ११ बजे नै तनहुँको डुम्रे आइपुगेका थिए । स्याङ्जाको डाँडानाक आइपुग्दा गाडीमा मान्छे बढी राखेको र १८ वर्षमुनिका किशोरकिशोरी समेत रहेको भन्दै प्रहरीले केही समय रोकेको थियो तर जिल्ला प्रहरी प्रमुखसँग छलफल गरेपछि गाडी अघि बढ्न दिएको स्याङ्जा सेक्रेटरी गोकुल दाहालले राती ११ बजे ईरातोखबरलाई बताए । गण्डकमा कास्कीबाट २० वटा गाडीमा ८ सय, तनहुबाट १८ वटा गाडीमा ७ सय जना शुक्रबार साँझै काठमाडौँतिर लागेका छन् । उता सगरमाथा ब्युरोको उदयपुर कटारीबाट साँझ ५ः३० बजे काठमाडौँ हिँडेका केही बस राती ११ बजे हेटौँडा आइसकेका थिए । पार्टीका उदयपुर जिल्ला सदस्य लाबहादुर खत्री भन्छन्, नयाँ र पुराना एमाले कार्यकर्ताहरुले काठमाडौँमा विप्लव पार्टीको कार्यक्रममा गोली चल्छ भनेर भ्रम फैलाएका भए पनि ५ साय शुभचिन्तक र जनता हिम्मत गरेर काठमाडौँ आएका छन् । देशका खराब तत्वका विरुद्ध शक्ति प्रदर्शन हुने भएकाले गाउँ फर्किएपछि उनीहरुका विरुद्ध प्रतिरोध गर्न सजिलो हुने अपेक्षा उनले गरेका छन् ।

८६ बर्से नन्दन काठमाडौँ आउँदै

बाराबाट ८६ बर्से नन्दन अर्याल सम्साँझै घरमा खाना खाएर काठमाडौँ जानका लागि गाडी चढे । राती १२ बजे हेटौँडा कटेका नन्दन अत्यन्त उत्साहित थिए । टाठो स्वरमा मध्यरातमा उनले ईरातोखबरसँग भने, ५० औँ हजार जनताका बीच नेकपाका नेताहरुले गर्ने सम्बोधन सुन्न मन लागेकाले यो उमेरमा पनि काठमाडौँ हिँडेको हुँ । आफ्नो जोस र जाँगरलाई सरकारी पार्टीका नेताकार्यकर्ताले चलाएको हल्लाले कुनै फरक नपारेको उनले बताए ।

बाराबाटै काठमाडौँ आउँदै गरेका सर्वजित चौधरीले राती १२ बजे हेटौँडामा खाना खानुअगाडि ईरातोखबरलाई टेलिफोनमा भने, म पार्टीमा आबद्ध छैन तर नेताहरुको सम्बोधन सुन्न र जुलुसमा सहभागी भएर कुरा थाहा पाउन साथीभाइहरुसँग काठमाडौँ हिँडेको हुँ ।
यसरी देशैभरिबाट काठमाडौँमा शनिबार हुने र्याली र जनसभामा सहभागी हुन आउनेहरु सत्साही रहेको पाइएको छ ।

२०७५ मङ्सिर ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :