पार्टी पुनर्गठन दिवस उल्लासमय रूपमा मनाउन जनसरकारको आह्वान

काठमाडाैँ : सडक, गल्ली, चोक, सामाजिक सञ्जाल, सञ्चारमाध्यम सबैतिर नेकपाको मङ्सिर ८ गते हुने ¥याली र जनसभामा केद्रित भइरहेको छ । जनबोलीमा त्यसप्रकारको अवस्थालाई देश नै विप्लवमय भइरहेको भनिएको छ । नेकपाले २०७१ सालमा वैद्य नेतृत्वको ड्यास माओवादीबाट विद्रोह गरी नेकपा गठन गर्दै एकीकृत जनक्रान्ति कार्यदिशा पारित गरेको थियो । नेकपाले ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त लोकतान्त्रिक शक्ति एक हौँ ! वैज्ञानिक समाजवाद स्थापना गरौँ !!’ भन्ने नाराका साथ मङ्सिर ८ गते काठमाडौँमा जनसभा गर्दैछ । जनसरकार प्रमुख सन्तोष बुढामगर, उपप्रमुख पदम राई र प्रतिनिधिसभा प्रमुख उमा भुजेल ‘शिलु’ ले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको जनसभासहित साताव्यापी पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्न, सहयोग र सहभागिता जनाउन आह्वान गर्नुभएको छ । ‘पार्टी पुनर्गठन दिवसमा विघटित जनसत्ता पुनर्निर्माण गर्ने महान् सुरुआतको दिन भएकाले सबै उत्पीडित जाति, क्षेत्र र श्रमिक वर्गको हर्ष र गौरवको दिन हो’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

२०७५ मङ्सिर ६ गते प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :