जनसभाको तयारीमा सगरमाथा र काठमाडौँमा माइकिङ

काठमाडौँ : साताव्यापी पार्टी पुनर्गठन दिवसको चौथो दिन बुधबार सगरमाथाका विभिन्न जिल्लामा माइकिङ भएको छ । उदयपुरको बेलटार र कटारीबजार, ओखलढुङ्गाको मानेभन्ज्याङ र भोजपुर सदरमुकाममा माइकिङ भएको समाचार प्राप्त भएको छ । यता काठमाडौँको बागबजारलगायत विभिन्न ठाउँमा पनि माइकिङ गरिएको छ । मङ्सिर ८ को बृहत जनसभा प्रचारप्रसारका लागि भक्तपुरको मुलढोकाबाट माइकिङ सुरुवात गरेको जिल्ला सेक्रेटरी बुद्धि पुनले बताएका छन् । 


२०७५ मङ्सिर ५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :