नेकपालाई भूमिगत भन्नु हस्यास्पद

   

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीलाई भूमिगत भन्नु हस्यास्पद भएको बताएको छ ।

यही मङ्सिर ८ गते पार्टी पुनर्गठन भएको दिनको अवसर पारेर नेकपा केन्द्रीय समितिले आयोजना गरेको ¥याली तथा जनसभाको तयारीबारे जानकारी दिन बुधबार काठमाडौँमा आयोजित पत्रकारसम्मेलनमा नेकपाले उक्त कुरा स्पष्ट पारेको हो ।

पत्रकारसम्मेलनमा नेकपा केन्द्रीय सदस्य एवम् जनसभा प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुन ‘मिलन’ ले मङ्सिर ८ गते शनिबार आयोजना हुने उत्सव ¥याली र जनसभाको तयारी सम्पूर्ण रूपले पूरा भएको जानकारी दिए ।
‘हाम्रो पार्टीले पार्टी पुनर्गठनको दिनको अवसर पारेर यही मङ्सिर ८ गते काठमाडौँमा विशाल ¥याली र जनसभा गर्दैछ । त्यसको तयारी सम्पूर्ण रूपले पूरा भएको यही पत्रकारसम्मेलनमार्फत जानकारी गराउन चाहन्छु’, संयोजक मिलनले भने, ‘सोही सन्देश मिडियामार्फत आमनागरिक तथा सबै पक्षसमक्ष पु¥याउनुहुन तपाईंहरूलाई आग्रह गर्छु ।’

¥याली र जनसभा भव्य र शान्तिपूर्ण हुने पनि उनले प्रस्ट पारे । ‘यहाँ केही पक्षले का

र्यक्रम अर्कै खालको हो जस्तो भनेर हल्ला गरेको बुझिन्छ तर त्यो पूर्ण रूपमा गलत छ’, उनले भने, ‘कार्यक्रम आयोजना गर्ने हामी अर्थात् नेकपा शान्तिपूूर्ण नै हो भनिरहेका छौँ । यसो भएपछि अरूको हल्लाको पछाडि कोही लाग्नु हुँदैन । यो पार्टीको यो कुरा राख्न पनि पत्रकारसम्मेलन गरिएको हो ।’

पत्रकारसम्मेलनमा सञ्चारकर्मीकोे प्रश्नको जबाफ दिँदै संयोजक मिलनले नेकपा गठन भएदेखि नै खुला र जनताको माझ रहेको प्रस्ट पारे । उनले भने, ‘हाम्रो पार्टी पुनर्गठन पहिले र अहिले पनि खुला र जनतामाझ छ । भूमिगत रहेको भए यहाँ यसरी तपाईंहरूको अगाडि हुन्थ्यौँ र ? त्यसकारण नेकपालाई भूमिगत भन्नु हस्यास्पद छ ।’

उनले पार्टी पुनर्गठन गरेको घडीबाटै भूमिगत शब्द ‘डिलिट’ गरिएको बताए । ‘भूमिगत शब्दले जनतामा भ्रम पार्ने देखेरै त्यसलाई पूर्ण रूपले त्यही बेला पार्टीले डिलिट गरिसक्यो । अब यसलाई सम्झेर दिमागलाई बोझ नपारौँ’, उनले भने । जनसभाका मुख्य वक्ता नेकपाका प्रवक्ता प्रकाण्ड रहने र अन्य पार्टीका आमन्त्रित वक्ताहरू पनि सहभागी रहने जानकारी उनले दिए ।

प्रचण्ड नेतृत्वको तत्कलीन एकीकृत नेकपा (माओवादी) लाई छाडेर मोहन वैद्य ‘किरण’ को नेतृत्वमा बनेको नेकपा माओवादीसँग पनि सम्बन्धविच्छेद गरी २०७१ साल मङ्सिर ८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेकपा माओवादी पुनर्गठन भएको थियो । त्यसपछि २०७३ साल फागुन १ गते काठमाडौँमा उद्घाटन गरी ८ गते रोल्पाको थबाङमा सम्पन्न आठौँ महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा पारित गरेको थियो । सोही दिनको अवसर पारेर यही मङ्सिर ८ गते जनसभा गर्न लागिएको हो ।

पत्रकारसम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम् रातो खबर प्रकाशनगृहका निर्देशक गुणराज लोहनी पनि उपस्थित थिए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले गरेका थिए ।

२०७५ मङ्सिर ५ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :