अहिलेको संकटको विकल्प वैज्ञानिक समाजवाद


काठमाडौँ : देशको संकटपूर्ण अवस्था र राजनीतिक निकास विषयक अन्तरक्रिया कार्यक्रम आज देशका विभिन्न ठाउँमा सम्पन्न भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पुनःस्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तरगत आज सुर्खेतलगायत देशका विभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

सुर्खेतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको संकटको विकल्प वैज्ञानिक समाजवाद नै रहेको बताएका छन् । बेलाबेलामा संकट समाधान भनियो तर घुमिफिरि दलाल संसदीय व्यवस्थाले देशले निकास पाउन नसकेको बक्ताहरुको जोड छ । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्युरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुब्रले आफ्नो पार्टीले देशका निकास तथा राष्ट्र र जनताका लागि बलिदान गर्न अन्तिम निर्णय लिइसकेको बताए ।

‘सिंहदरबार होइन अपराधी दरबार बनेको छ, प्रधानमन्त्री र सिंहदरबार अपराधी संरक्षण गर्ने थलो भएको छ, यहाँनेर जनताले जबरजस्त मान्नुपर्ने कारण के छ? उहाँले प्रश्न गर्दै भन्नुभयो –त्यसैले हामी मान्दैनौं र यो व्यवस्थाले निकास पनि दिदैन ।’

कार्यक्रममा कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला संस्थापक लिलाधर गौतमले यो कम्युनिस्ट पार्टीले अझ संगठनलाई विस्तारिकरण र सुदृढीकरणमा व्यापक ध्यान दिदै जाओस् भन्ने सुझाव दिनुभयो । नेकपा (क्रान्तिकारी माओवादी)का खडानन्द लामिछानेले नामधारी कम्युनिस्टले नै झन् संकट पैदा गरेको बताउनुभयो ।

भेरी ब्युरो सदस्य अडिगको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भेरी ब्यूरो सदस्य हिमशिखरले गरेका थिए भने स्वागत मन्तव्य सुर्खेत जिल्ला सदस्य रघुविरले गरेका थिए । त्यस्तै पाेखरामा पनि कार्यक्रम सम्पन्न गरेकाे नेकपाले जनाए गणडकाले जनाएकाे छ ।

२०७५ मङ्सिर ४ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :