नेकपाका कमान्ड इन्चार्जहरु भन्छन् – देश नै विप्लवमय भएको छ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका कमान्ड इन्चार्जहरुले मङ्सिर ८ गतेको काठमाडौँको र्याली र जनसभाको भव्य तयारी भइरहेको बताएका छन् । सुदुरपश्चिम कमान्ड इन्चार्ज कञ्चनले सेती महाकाली, कर्णाली र भेरी ब्युरोमा पार्टी पुनरगठन दिवसको भव्य तयारी भइरहेको बताउनु भएको छ । त्यसैगरी पश्चिम कमान्डका राप्ती, लुम्बिनी, भेरी र गण्डक ब्युरोमा पनि पार्टी पुनरगठनको उत्समव, हर्सोल्लाससाथ तयारी भइरहेको छ । त्यसैगरी मध्य कमान्डका नारायणी, पश्चिम ताम्सालिङ, पूर्वी ताम्सालिङ र काठमाडौँ उपत्यकामा पनि भव्य तयारी भइरहेको जानकारी कमान्ड इन्चार्ज सुदर्शनले दिनुभएको छ । त्यसैगरी पूर्वी कमान्डका मेची, कोशी, सगरमाथा, र जनकपुर ब्युरोमा पार्टी पुनरगठन दिवसको भव्य तयारी भइरहेको पोलिट ब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले बताउनु भएको छ । यतिबेला काकडभित्ता, दमक इटहरी, विराटनगर, भोजपुर, गाइघाट, बर्दिबास, हेटौडा, विरगञ्ज, चितवन, पोखरा, गोरखा, बुटवल, नेपलगञ्ज, कर्णाली, धनगढीसहित प्रमुख शहर, शहर र बस्तीहरु भण्डा, ब्यानरले रातम्मे भएका छन् । मोटरसाइकल जुलुस, सांस्कृतिक सभा, जागरण सभाले शहर बस्ती र सडक तातेको छ । लाग्दछ देश यतिबेला नेकपामय भएको छ ।

२०७५ मङ्सिर ५ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :