आमूल परिवर्तन सहितको राजनीतिक निकासको नेतृत्व लिन तयार छौँ : पुन

बाँके : ‘देशको सङ्कटपूर्ण अवस्था र राजनीतिक निकास’ विषयमा नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोको आयोजनामा पिबिएम ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा बाँकेको नेपालगञ्जमा मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नागरिक समाज, मानवअधिकारवादी, नेपाल बार एशोसिएसन, प्राध्यापक, पत्रकार आदि प्रतिनिधि सहभागी उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले देशको अवस्था जटिल बन्दै गइरहेको भन्दै यसको निकास अग्रगामी राजनीतिक तरिकाले गर्नुपर्ने बताउनु बताएका छन् । प्रमुख अतिथि पुनले आमूल परिवर्तन सहितको राजनीतिक निकासको नेतृत्व आफ्नो पार्टीले लिन तयार भएकाले सबैलाई साथ दिन आग्रह गरे । कार्यक्रमको अध्यक्षता ब्युरो सदस्य अनन्त, सञ्चालन भेरी ब्युरो सदस्य नीलमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :