नेकपाको अन्तरक्रियामा बोल्ने वक्ताहरुले भने :  ‘संसदीय व्यवस्थामा लोकतन्त्र सुदृढ हुन सकेन’

 बुटवल : नेपाल कम्युनिस्ट पार्टीको पुर्नस्थापना दिवसका अवसरमा आयोजित ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संसदीय व्यवस्थामा पनि लोकतन्त्र सुदृढ हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको हलमा आयोजित सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वर्तमान सरकारको गतिविधिले लोकतन्त्र संस्थागत हुन नसक्नुमात्रै नभई राज्य नै विघटन हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका ईन्चार्ज संगम पुनले संसदिय व्यवस्था सबै देशहरुमा असफल सिद्द भैसकेको भन्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद लागू गराउन आफुहरुले शान्तिपुर्ण संघर्ष अगाडि बढाएको बताए । नेपालमा जतिपटक राजनीति आन्दोलन भएपनी जनताको स्थितिमा परिवर्तन हुन नसेकेको हुदा एकपटक निर्णायक आन्दोलन जरुर भएको पुनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि बाबुराम पन्थीले आफुहरुले संसदिय ब्यवस्था भित्रैबाट संघर्ष गरिरहेको भन्दै यो ब्यवस्था अन्त्यको दिन नआईसकेको र यसलाई जनमुखी बनाउन दबाब दिन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका नेता खेलराज पान्डेले आफुहरु सत्तामा हारेपनी बिचारमा संसदिय ब्यवस्था आफुहरुको चलिरहेको बताए ।

कार्यक्रममा नेकपा(नेकपा) का नेता तथा बामपंथी बुद्दिजिबी सिद्दिचरण भट्टराई, नयाँ शक्ति नेपाल प्रदेश न ५ का प्रशिक्षण बिभाग प्रमुख तथा लेखक मनिकर कार्की, माक्र्सवादी विचार मञ्च तथा वामपन्थी विश्लेषक युवराज पन्थी, वरिष्ठ अधिवक्ता तथा वामपंथी विश्लेषक दिल सहानि, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, मानवअधिकार तथा शान्ती समाज नेपालका उपाध्यक्ष गोबिन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देही का अध्यक्ष यानेन्द्र जिसी, लेखक तथा नागरिक समाजका तर्फबाट गणेश कडा, नागरिक स्वाधीनताको लागि राष्ट्रिय अभियानका अध्यक्ष पदम कार्की लगायतले विचार वर्तमान राज्यको चर्को विरोध गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका नेता जितबहादुर रसाईलिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन नविन थारुले गरेका थिए । त्यस्तै पाल्पामा पनि नेकपाले अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न  गरेकाे जानकारी प्रवेश पन्थीले  दिएका छन् । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टि पुर्नस्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमहरु गर्दै आएको छ । आगामी मंसीर ८ गते काठमाडौंमा वृहत आमसभा आयोजना गरेको सो पार्टीले पछिल्लो समय एकीकृत जनक्रान्तिको कार्यदिशासहित वैज्ञानिक समाजवादको मुद्दा उठाइरहेको छ ।

२०७५ मङ्सिर ४ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :