नेकपाले मङ्सिर ५ गते पत्रकार सम्मेलन गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ को विरोध र्याली र जनसभाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका जनसभा प्रचारप्रसार उपसमितिका संयोजक मिलनले मंगलबार एक सुचना प्रकाशित गर्दै भोलि बुधबार दिउँसो १ बजे काठमाडौँमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । पत्रकार सम्मेलन काठमाडौँको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा हुने जनाइएको छ ।

पार्टी पुनर्गठन भएको दिन पारेर नेकपाको केन्द्रीय समितिको आयोजनामा राजधानीमा हुने विशाल र्याली र जनसभाबारे कार्यक्रम सार्वजानिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको संयोजक मिलनले बताए । सम्मेलनमा उपस्थित भई समाचार संकलन तथा प्रचार–प्रसारमा सहयोग गर्न सम्पूर्ण संचारमाध्यमहरुसँग सुचनामा उल्लेख गरिएको छ ।

२०७५ मङ्सिर ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :