काठमाडौँमा प्रचारप्रसार तथा जागरणसभा तीव्र

 

काठमाडौँ : नेकपा र जनवर्गीय सङ्गठनहरूले मङ्सिर ८ गतेको जुलुस र सभालाई व्यवस्थित गर्न प्रचारप्रसार तथा जागरणसभा तीव्र पारेका छन् । नेकपा काठमाडौँले बल्खुचोकमा जागरणसभा सम्पन्न गरेकोे छ । उक्त कार्यक्रममा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले सरकारद्वारा गरिएको महँगी, भ्रष्टाचार, करवृद्धि र दलाल पुँजीवादी व्यवस्थाका विरुद्धमा हुने जनसभामा सहभागि हुन अपिल गरेका छन् । उनले राष्ट्रघातका विरुद्धमा राष्ट्रवादीहरु एक हुनु पर्ने बताएका छन् ।

भक्तपुर

उक्त संगठनले काठमाडौँको कलंकी, चक्रपथ, बलाजु, चाबहिल, कोटेश्वर, कालीमाटी, असनचोक, प्रदर्शनीमार्ग र नयाँ बसपार्कलगायत चोकहरुमा झण्डा, ब्यानर प्रर्दशन गरेको जानकारी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्यायले दिएकी छिन् । त्यसैगरी गोरखाबाट प्राप्त समाचारअनुसार गोरखाको गोरखाबाजार र मझुवा देउरालीलगायतमा झण्डा तथा ब्यानर प्रदर्शन गरिएको छ । त्यसैगरी नेकपा भक्तपुरले पनि जिल्लाको विभिन्न ठाउँमा झण्डा ब्यानर तथा जनजागरण सभा सम्पन्न गरेको जानकारी जिल्ला सेक्रेटरी बुद्धि पुनले दिएका छन् ।

२०७५ मंसिर २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :