नेकपाको साताव्यापी अभियान तीव्र, प्रहरीले नै च्यात्यो नेकपाको ब्यानर र पोस्टर

 
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले नै च्यात्दै हिँडेको फेलापरेको छ । प्रहरीले झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर आइतबार च्यातेको हो ।

प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र ब्यानर किन टाँसेको ? भन्दै प्रहरीले च्यातेको झापास्थित हाम्रा संवाददाताले जनाएका छन् । कतिपय ठाउँमा प्रहरीले ब्यानर र पोस्टर कब्जासमेत गरेको छ ।

हाम्रा सप्तरी संवाददाताले दिएको जानकारीअनुसार सप्तरीबाट गाईघाटतर्फ लाग्ने सडकमा पर्ने सिसवारमा पनि नेकपाको पोस्टर र ब्यानर च्यातिएको छ । पार्टीको पोस्टर र ब्यानर नच्यात्न आग्रह गर्दै नेकपाले प्रचार सामग्री च्यातिएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ ।

२०७५ मङ्सिर २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :