देशभर नेकपाका झन्डा र ब्यानर प्रदर्शन

काठमाडौँ : पार्टी पुनर्गठन दिवसको साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन आइतबार नेकपाका कार्यकर्ताले देशव्यापी झन्डा र ब्यानर प्रदर्शन गरेका छन् । ब्यानरमा ‘संसदीय व्यवस्था खारेज गरौँ, वैज्ञानिक समाजवाद स्थापना गरौँ, मङ्सिर ८ गते काठमाडौँ जाऔँ’ लगायत नारा लेखिएको छ ।

झन्डा र ब्यानर प्रदर्शन कार्यक्रमअन्तर्गत पूर्वीकमान्डका दमक, बिर्तामोड, काँकडभिट्टा, मेची सडकरोड, सप्तरीका खरचुइँया, सिसवारी, राजविराज, भोजपुर, गाईघाट, मिर्चैया, गोलबजार, धनगढी, लाहान र जलेश्वरमा झन्डा र ब्यानर प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ ।

चितवन

त्यसैगरी रोल्पाका होलेरी, झुलनेटा, थबाङ, लिबाङमा झन्डा र ब्यानर प्रदर्शन भएको छ ।
त्यसैगरी म्याग्दीको बेनी, बागलुङको मालढुङ्गा, नवलपरासीको गैँडाकोट, पाल्पाका रिडी, गुल्मीको तम्घास, तनहुँका डुम्रे, दमौली, कपिलवस्तुका शिवपुर, गोरुसिङ्गे, सालझन्डी, चन्द्रौटा, लुम्बिनीका हुलाकी सडक र चितवनका खोलेसिमल, मेघाैली, पूर्वी चितवनको खैरहनी, पर्शा, टाँडी, खाेलेसिमल, माडीकाे बसन्तपुर, भरतपुरको चौविसकोठीलगायत स्थानमा पनि नेकपाका झन्डा र ब्यानर टाँगिएको जिल्ला संवाददाताहरूले जनाएका छन् ।

नेकपाले यही मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा हुने बृहत् प्रदर्शन तथा जनसभालाई प्रभावकारी बनाउन साताव्यापी कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रमअन्तर्गत आइतबार देशभर पार्टीका झन्डा र ब्यानर प्रदर्शन गरिएको हो ।

२०७५ मङ्सिर २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :