मङ्सिर ८ को तयारीमा काठमाडौँमा जागरणसभा

   

काठमाडौँ : मङ्सिर ८ गतेको जुलुस र सभालाई प्रचार गर्न शनिबार नेकपा र जनवर्गीय सङ्गठनहरूले काठमाडौँमा जागरणसभा आयोजना गरेका छन् ।

नेकपा काठमाडौँ जिल्ला समितिले आइतबार बिहान असनमा जागरणसभा सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य आजाद केसीलगायतले बोलेका थिए । यसअघि नेकपा काठमाडौँले शनिबार अपराह्न कालीमाटीमा जागरणसभा सम्पन्न गरेको छ । उक्त दुवै सभामा सामना परिवारले गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

यसैक्रममा नेकपा निकट युवा सङ्गठन नेपालले काठमाडौँ चक्रपथस्थित धुम्बाराहीचोकबाट चाबहिलसम्म जुलुस प्रदर्शन गरेको छ । पाँच सयभन्दा बढी युवाहरू सहभागी भएको अखिल जानकारी नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्यायले दिएकी छिन् । उनका अनुसार युवा संगठन नेपाल काठमाडौँ जिल्लाको दोस्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले कुवेर घिमिरेको संयोजकत्वमा २९ सदस्यीय समिति गठन गरेको छ । प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य आजाद केसी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन शेर्पाली, नेकपाकी नेत्री भृकुटीलगायतले भेला सफलताको शुभकामना दिएका थिए ।
२०७५ कात्तिक २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :