न्याय र समानताका लागि विद्रोह गर्न पाए मानवअधिकार बलियो हुन्छ – अधिकारकर्मी

विराटनगर : जहाँ न्याय र समानताका लागि विद्रोह हुन्छ त्यहाँ मात्र मानवअधिकार बलियो हुने भएकोे अधिकारकर्मीहरुले बताएका छन् । नेपाल कम्युिनस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा मोरङको संयोजनमा बिहीबार बिराटनगरमा भएको ‘मानवअधकिार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय निर्देशक मोहनदेव जोशीले मानवअधिकार मानवअधिकारको विश्वव्यापी घोषणा पत्रमा समेत न्याय र समानताका लागि नागरिकले बिद्रोह गर्न पाउने कुरा उल्लेख रहेको बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ सेक्रेटरी नवराज भटराइले यो सरकारले जनताको हकअधिकारलाई यसैगरी कुिण्ठत गरे समानान्तर सरकार बनाउने चेतावनी दिएका थिए । उत्पीडित जनताहरुको अधिकार, राष्ट्रिय स्वाधिनता, जनजीविका, जनतन्त्रको कुरा उठाउनु कुनै अपराधहोइन तर अहिलेको व्यवस्थाले यी कुरा उठाउदा अपराध देख्छ, दमन गर्छ त्यसैले अहिलेको व्यवस्थाको विकल्प संघर्ष गरिरहेको बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य सिताराम बुढाथोकी, नेपाल पत्रकार महासङ्घ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुइटेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित अध्यक्ष ऋषिकेश पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सदस्य जर्नादन निरौला, नेकपा (माओवादी केन्द्र)का बिमल निरौला, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेललगायतका वक्ताहरुले आ–आफ्नो धारणा रोखका थिए ।

२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :