सप्तरी प्रहरीद्वारा नेकपाको प्रचार सामाग्री कब्जा / पाचथरमा दुई जना गिरफ्तार

काठमाडौँ : ढिलो गरी प्राप्त समाचारअनुसार कात्तिक १७ गते सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको छ । ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ।’ भन्दै सो सामाग्री लुटपाट गरिएको हो । नेपालमा कुनकुन दलहरु प्रतिबन्धित छन् भन्ने ज्ञानसम्म नभएका प्रहरी अधिकारीहरुले कसरी काम गरिरहेको होलान् सहजै बुच्न सकिन्छ । पाचथरबाट प्राप्त अर्को समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको पोस्टर टाँसदै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
२०७५ कात्तिक २६ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :