साताव्यापी पार्टी पुनर्गठन दिवस मनाउँदै नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवस साताव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेकपाले पार्टीको पाँचौँ पुनर्गठन दिवसका सन्दर्भमा आगामी मङ्सिर ८ गते काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा आयोजना गर्ने घोषणा गरिसकेको छ । उक्त दिनको सभालाई पार्टी स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
नेकपाका साताव्यापी कार्यक्रम यसप्रकार रहेका छन् :
मङ्सिर २ गते देशव्यापी झन्डा र ब्यानर प्रदर्शन
मङ्सिर ३ गते देशव्यापी जुलुस प्रदर्शन
मङ्सिर ४ गते देशव्यापी अन्तरक्रिया, अन्तरसंवाद र गोष्ठी
मङ्सिर ५ गते देशव्यापी कोणसभा र पिँढीसभा
मङ्सिर ६ गते देशव्यापी सांस्कृतिक तथा साहित्यिक कार्यक्रम
मङ्सिर ७ गते देशव्यापी मार्चपास्ट र काठमाडौँमा मार्चपास्टको तयारी
मङ्सिर ८ गते काठमाडौँमा पार्टी पुनर्गठन दिवस (बृहत् जनप्रदर्शन तथा जनसभा)

२०७५ कात्तिक १९ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :