रहेनन् पद्मरत्न तुलाधर

काठमाडौँ : मानवअधिकारकर्मी तथा अभिभावक पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि काठमाडौँको नर्भिक हस्पिटलमा उपचार भइरहेको थियो । हस्पिटलको सूचना अनुसार उनको सोमबार मध्यरातमा निधन भएको हो ।

लामो समयदेखि स्वास्थ्य लाभ लिइरहेका तुलाधरको अचानक स्वास्थ्यमा गडबडी आएपछि गत शुक्रबार साँझ माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आकस्मिक भर्ना गरिएको थियो । डाक्टरहरुले उनलाई मस्तिष्कघात भएको बताएका थिए । त्यस लगत्तै उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

मानवअधिकारवादी अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा वामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य भएर पञ्चायको विरुद्धमा व्यवस्था परिवर्तनका लागि आवाज उठाएका थिए ।

नेपालको ऐतिहासिक जनयुद्धको पछिल्लो चरणमा एक विश्वासिलो जनपक्षीय सहजकर्ताका रुपमा तातकालीन सरकार–माओवादी वार्तामा महत्वपूर्ण भूमिमका निर्वाह समेत गरेका थिए ।

२०७५ कात्तिक १९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :