जनआवाज नामक मुखपत्र विमोचन तथा दिपावली छठपर्वको शुभकामना आदानप्रदान सम्पन्न

 

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल अर्घाखाँचीले प्रकाशन गरेको जनआवाज नामक मुखपत्र विमोचन तथा दिपावली छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार सम्पन्न भएको उक्त कार्यक्रमको सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

अध्यक्ष डुम्रेले आफु जनपक्षीय पत्रकार हुनुको नाताले पत्रकारको समस्याको लागि निरन्तर रुपमा लाग्ने बताए । पत्रकारहरुलाई राज्यले उचित पारिश्रमिक नदिएर उल्टै दमन गरिरहेकोले पत्रकारले तोकिएको पारिश्रमिक पाउनुपर्ने पक्षमा लगातार आन्दोलन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
अध्यक्ष डुम्रेले एकअर्को प्रशङमा क्रान्तिकारी पत्रकार संगठन कृष्ण सेन इच्छुक जस्ता सञ्चारकर्मी गुमाईसकेको संगठनले भएकोले संगठनको भावी रणनिति र निर्देशन तय गरि अगाडी बढेको बताए । जनपक्षीय पत्रकारिता कमजोर हुदा जनताका जनजिविका,राष्ट्रियताका स्वाधीनताका पक्षमा बिषय नउठने उनले दावि गरे । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय महासचिव हिम बिष्टले पत्रकारको क्षमता अभिवृद्धि गर्न लागि आवश्यक पर्ने सम्पूर्ण क्रियाकलापहरु गर्न क्रान्तिकारी पत्रकार संगठन सधैं तत्पर रहेको बताए ।
नेकपाका जिल्ला इन्चार्ज कमल केसीले ‘दलाल संंसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत क्रान्तिको आवस्यत्ता छ, हामीले गर्ने एकीकृत क्रान्तिमा सेना, प्रहरी र राष्ट्रवादी शक्तिहरुसँग मिलेर दलाल व्यवस्थाको अन्त्य गर्ने मिलेर लड्ने बताएका थिए । कार्यक्रममा सहभागी भई जनपक्षीय र परिवर्तनकारी आन्दोलनको शुभकामना दिइरहेका प्रमुख जिल्ला अधिकारीले कृष्णसेन इच्छुकलाई समेत स्मरण गरेका थिए ।

छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले पछिल्लो समयमा पत्रकारहरु द्वन्द्वमा परेको र अब पत्रकारले अरुको अधिकारीको बारेमा नलेखेर श्रमजीवी पत्रकारले आफ्नो अधिकारको बारेमा लेख्न आवश्यक रहेको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली कांग्रेसका कृष्ण खनाल, राजमोका जीवनारायण खनाल, नेकपाका जिल्ला इन्चार्ज कमल केसी, नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य पुष्करनाथ आचार्य, विवेकशील साझा पार्टीका हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसी, महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष बिरेन्द्र केसी, पत्रकार श्याम घिमिरे, अर्जुन भुसाल लगायतले मन्तव्य तथा शुभकामना राखेका थिए ।


कार्यक्रममा रामगण दलका सेनाका गणपति निरज भण्डारी, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी नेपाल प्रेस युनियन जिल्ला सचिव बिष्णु खनाल, मालारानि एफएमका स्टेशन म्यानेजर नविन केसी, रेडियो देउरालिका रुद्रमणि भुसाल, पत्रकार सुरज घिमिरे, पत्रकार सागर महत सागर परियार अयान विकलगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता, कुलराज बन्जाडेको स्वागत मन्तव्य र भिम कौशलको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०७५ कात्तिक १८ गते  प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :