अदालतद्वारा नेकपाका नेता-कार्यकर्ताको मुद्दामा सफाई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय संगठनमा आवद्ध ब्यक्तिहरु माथि प्रशासनले लगाएको मुद्दा फैसला भएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धीरेन्द्राकुमारी उपाध्याय, योङ रेड फोर्स नेपालका पूर्व अध्यक्ष बाबुराम राई, सो पार्टीका ललितपुर जिल्ला सेक्रेटरी विपिन घिमिरे, जिल्ला सदस्य खगेन्द्र महर्जन र काठमाडौँ जिल्ला सदस्य सफल बाबु कुँवरमाथि राजनैतिक आस्थाको आधारमा लगाईको मुद्दा जिल्ला अदालत ललितपुरले फैसला गर्दै पूर्ण सफाई दिएको छ । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायधीस अवनी मैनाली भट्टराईको इजलासले उक्त मुद्दा फैसला गर्दै सफाई दिएको हो ।

ति सबै जनालाई पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुर धापाखेलस्थित घरमा बम विस्फोटन गराएको आरोपमा विभिन्न समयमा गिरफ्तार गरी प्रहरीले मुद्दा चलाएको थियो । उक्त मुद्दाउपर अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

२०७५ कात्तिक १४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :