योङ रेड फोर्स नेपालको प्रथम भेला सम्पन्न, अध्यक्षमा पाटन शेर्पाली निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शन

काठमाडौँ : योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष दिनेश, महासचिव भैरव पुन ‘सागर’, सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’ रहेका छन् ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले दलाल पुँजीवाद नेपाली क्रान्तिको प्रमुख अन्तरविरोध रहेको र एकीकृत जनक्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका साथै वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरू एकताबद्ध हुनुपर्ने सुदर्शनले बताए ।

२०७५ कात्तिक १२ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :