पुँजीवादी संस्कृतिको विकल्पमा जनवादी संस्कृति निर्माण गर्नुपर्छ – ओमप्रकाश पुन ‘निर्माण’

कैलाली : नेकपा कैलालीले चियापान तथा समाजवादी संस्कृतिबारे विचार आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन ‘निर्माण’ले समाजमा विद्यमान पुरातन संस्कृति र उपभोक्तावादी पुँजीवादी संस्कृतिको विकल्पमा जनवादी संस्कृति निर्माण गर्नुपर्ने बताए । उनले विद्यमान संस्कृतिमा भएका विविधखाले समस्याको सामाधान वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र हुने र त्यसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्ने बताए ।

कार्यक्रममा नेकपाका सेती ब्युरो इन्चार्ज सिकन्दर, महाकाली ब्युरो इन्चार्ज राप्ती, नागरिक समाजका प्राध्यापक, डाक्टर, पत्रकार, समाजसेवी, कानुन व्यवसायीहरुको व्यापक उपस्थिति थियो । कार्यक्रमकोे अध्यक्षता प्रकाश मल्ल र सञ्चालन जिल्ला इन्चार्ज विवेकले गरेका थिए ।

२०७५ कात्तिक १३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :