जातीय/क्षेत्रीय राष्ट्रिय महासङ्घ गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जातीय/क्षेत्रीय मोर्चाहरूको राष्ट्रिय भेलाले जातीय/क्षेत्रीय राष्ट्रिय महासङ्घ गठन गरेको छ । काठमाडौँमा यसै साता सम्पन्न भेलाले केन्द्रीय जनपरिषद् नेपालका अध्यक्ष सन्तोष बुढाको संयोजकत्वमा १२ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको जानकारी महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष माणिक लामाले दिए ।

भेलामा सहभागी महासङ्घका अर्का केन्द्रीय सदस्य तमु गुरुङ मुक्ति मोर्चाका अध्यक्ष मकरबहादुर गुरुङका अनुसार भेलामा मगर मुक्ति मोर्चाका अध्यक्ष गमबहादुर श्रीस, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष माणिक लामा, थारू मुक्ति मोर्चाका अध्यक्ष सङ्घप्रसाद थारू, मुस्लिम मोर्चाका अध्यक्ष मो. अजमद, लिम्बू मुक्ति मोर्चाका अध्यक्ष विजय लिम्बू, नेवाः मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महर्जनलगायत मोर्चाका नेताहरूको उपस्थिति थियो ।

महासङ्घले एकीकृत जनक्रान्ति सम्पन्न गर्न सबै मोर्चाका आन्दोलन, सङ्घर्ष र विद्रोहहरूलाई केन्द्रीय नीतिअनुरूप एकरूपतामा ढाल्ने उद्देश्य राखेको छ । महासङ्घले दिएको जानकारीअनुसार आगामी मङ्सिर ८ गते काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गर्ने जनसभा सफल बनाउन विभिन्न योजना निर्माण गरिएको छ ।

२०७५ कात्तिक १२ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :