सगरमाथा टेलिभिजनका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालको आपत्ति

काठमाडौँ : सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई मिनभवन यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दुव्र्यवहार गर्दै धम्की दिएको घटनाको क्रान्तिकारी पत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ ।
नेपाल कम्युिनस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।

उनीहरुले सार्वजनिक सेवा र कार्यालयबाट दिइने सेवाका विषयमा समाचार बनाउन कार्यालयबाट अगाडिनै जानकारी लिनुपर्ने भन्दै शाहले गरेको दुव्र्यवहार र धम्कीले नेपाली पत्रकारितामाथि सत्ता र सरकारमा भएका मान्छेहरुबाट हुने घटनाको निरन्तरताको परिणाम भएको बताएका छन् ।

उक्त सङ्गठनले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बहस चलाइरहेको बेला पत्रकारका न्युनतम पारिश्रमिकको बारेमा पनि घनिभुत बहस चलाउदै राज्य सञ्चालकहरुलाई विभिन्न माध्यम बाट खबरदारीसमेत गर्दै आएको जनाएको छ ।

विज्ञप्ति भनिएको छ, ‘कात्तिक ६ गते समाचार संकलनका क्रममा यातायात व्यवस्था कार्यालय पुगेका सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेराम्यान अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दुव्र्यवहार गर्दै धम्की दिएको घटनाप्रति क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकार्षण भएको छ ।
यातायात व्यवस्था कार्यालयको सेवा बारे समाचार संकलनका लागि विभाग पुगेका सञ्चारकर्मीद्वयलाई भादौ १ गतेबाट लागू भएको मुलुकी संहिताको चुनौती दिँदै सार्वजानिक सेवाको क्षेत्र र त्यहाँ स्थित कार्यालयबाट दिइने सेवाका विषयमा समाचार बनाउन कार्यालयबाट अगाडिनै जानकारी लिनुपर्ने भन्दै शाहले गरेको दुव्र्यवहार र धम्कीले नेपाली पत्रकारिता माथि सत्ता र सरकारमा भएका मान्छेहरुबाट हुने घटनाको निरन्तरताको परिणाम भएको सङ्गठनको बुझाई छ ।
जिम्मेवार निकायमा बसेका जिम्मेवारी अधिकारीबाट जुन हर्कत गरियो त्यस घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुनुका साथै अधिकारीले पदीय मर्यादाविपरीतको कार्य गरेको हाम्रो सङ्गठनको ठम्याई छ । सङ्गठनले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बहस चलाइरहेको बेला हामीले पत्रकारका न्युनतम पारिश्रमिकको बारेमा पनि घनिभुत बहस चलाउदै राज्य सञ्चालकहरुलाई विभिन्न माध्यमबाट खबरदारी समेत गर्दै आएका छौँ । जनपक्षीय पत्रकारितालाई कमजोर बनाएर सत्ताका एकथरी मान्छेहरु आफ्नो लुटको स्वर्ग मच्चाउने जुन दुस्साहस गर्दैछन् यसलाई आम पत्रकारहरुले एकपटक पुनः आन्दोलन गर्नुको विकल्प नभएको सङ्गठनको बुझाई समेत रहेको छ । यस दोषी अधिकारीलाई तत्काल कारबाही गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ज्ञारेन्टि गर्न समेत सङ्गठन जोडदार माग गर्दछ ।’
२०७५ कात्तिक १२ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :