‘नयाँ सुखानी’ प्रकाशित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्डले समसामयिक राजनीतिक–वैचारिक प्रकाशन ‘नयाँ सुखानी’ प्रकाशन गरेको छ । झापा विद्रोहका योद्धाहरूलाई जेल सार्ने बहानामा झापा–इलामको सिमाना सुखानी जङ्गलमा हत्या गरिएको ऐतिहासिक तथ्यलाई स्मरण गराउने र एकीकृत जनक्रान्तिसँग उक्त विद्रोहको कडी जोड्ने उद्देश्य राखेर प्रकाशन गरिएको नयाँ सुखानीमा नेकपाका महासचिव विप्लवको नवीनतम् राजनीतिक–वैचारिक लेख प्रचण्ड–बाबुराममा आएको ‘राष्ट्रिय स्वाधीनताको चिन्तनमा पतन’ को विषयलाई प्रमुख स्थान दिइएको छ । नयाँ सुखानीको पहिलो अङ्कमा नेकपा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पूर्वी कमान्ड इन्चार्ज तथा पोलिटब्युरो सदस्य अनिल विरही, पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’, केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले, केन्द्रीय सदस्यहरू सन्देश पौडेल, देवनारायण शाहलगायत स्रष्टाका सिर्जना समेटिएको छ ।
२०७५ कात्तिक ११ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :