सत्तारुढ नेकपाका दुई युवा नेता विद्रोही नेकपामा प्रवेश

नुवाकोट : पूर्वमाओवादी केन्द्र र एमालेका दुई युवा नेता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पुर्वमाओवादी निकट वाईसियल नुवाकोटका सहसचिव भोजराज खतिवडा र बेलकोटगढी नगरपालिका नुवाकोटका उपाध्यक्ष ललितमान लामाले एक प्रेसनोट मार्फत सरकारका पछिल्लो कृयाकलाप जनमुखी नरहेको र क्रान्तिकारी आन्दोलनको स्पिरिट बाहिरबाट हिँडेकाले नवगठित नेपाल कम्य्निस्ट पार्टी (नेकपा) परित्याग गर्नुपरेको बताएका छन् ।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिबद्ध भई वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न अपील समेत गरेका छन् ।

पछिल्लो चरणमा सत्तारुड पार्टी, कांग्रेसलगायत पार्टीका नेता-कार्यकर्ता नेकपामा प्रवेश गनेहरुको लहर चलिरहेको छ ।

२०७५ कात्तिक १० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :