नेकपाका केन्द्रीय नेता असल रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ शुक्रबार रिहा भएका छन् । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा खड्का रिहा भएका हुन् ।

असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो ।  

यसअघि नेता खड्कालाई भदौ ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । नेता खड्कालाई बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विस्फोट गरेर क्षति र्पुयाएको झूट्टा अभियोग लगाइएको थियो ।

२०७५ कात्तिक ९ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :