जनगणतान्त्रिक सम्पर्क समाजले समाज घर निर्माण गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले समाज घर निर्माण गर्ने भएको छ । उक्त समाजले काठमाडौँ महानगरपालिका १० स्थित देवीनगर, बानेश्वरमा उक्त घर निर्माण गर्न लागिएको जनाएको छ । समाज घर निर्माण गर्न १५ लाख बराबर लागतमा बन्ने भएको बताइएको छ । उक्त घरमा स्थानीय जनता र दशैभरीबाट आएर बस्न मिल्ने, सभा, सम्मेलन, गोष्ठि गर्न पाउने भएको जानकारी समाजका केन्द्रीय अध्यक्ष रत्न मगरले दिएका छन् । पछिल्लो समय नेकपाले देशव्यापी रुपमा सहिद स्मृति भवन निर्माण गर्ने, बाटो निर्माण गर्ने जस्ता विकास निर्माणको कार्यलाई तीव्रता दिइरहेको नेकपा स्रोत बताएको छ ।

२०७५ कात्तिक ९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :