नेपाली जनप्रगतिशील मोर्चा युरोपद्वारा श्रद्धाञ्जली

युरोप : नेपाली जनप्रगतिशील मोर्चा युरोपले संगठनका केन्द्रीय सदस्य, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगल अधिवेशन आयोजक समितिका सचिव, दलित मुक्ति आन्दोलनका अगुवा तथा श्री जनएकता प्रावी धम्जा वाग्लुङ्गका पुर्व प्रअ पूर्णबहादुर विश्वकर्माकी जीवन संगीनी, तत्कालिन धम्जा गाविस वार्ड नं. ७ की पूर्व महिला स्वास्थ्य स्वयंसेविका तथा समाजसेवी फुलमाया विश्वकर्माको असमायिक निधन–जन्म २०२६/०८/०७ —मृत्यु २०७५/०६/२६) मा भएकोप्रति श्रद्धाञ्जली दिएको छ । उक्त मोर्चाका अध्यक्ष विष्णु जुजेलले २०१८ अक्टोवर १५ तारिखमा मृतक फुलमाया विश्वकर्माप्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दै मित्र पूर्ण बहादुर विश्वकर्मा लगायत शोक संतप्त परिवारमा समवेदना समेत दिएका छन् ।

२०७५ कात्तिक ९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :