९५ दिन हिरासत बसेका नेकपा नेताको अभिनन्दन, कैलालीमा प्रशिक्षण

 


कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ का क्रममा आइतबार कैलाली जिल्लाको एरिया नम्बर ११ मा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओम पुन ‘निर्माण’, केन्द्रीय सदस्य सिकन्दर र विवेकले राजनीतिक वैचारिक प्रशिक्षण दिएका थिए । कार्यक्रममा ९५ दिन हिरासत बसाइपछि रिहा भएका प्रमुख अतिथि निर्माणलाई अभिनन्दन गरिएको छ । कार्यक्रमको अध्यक्षता अरुण र सञ्चालन शैलेन्द्रले गरेका थिए ।


२०७५ कात्तिक ११ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :