लुम्बिनीमा क्रान्तिको गीत गाउँदै क्षितिज परिवार

 

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरुमा “संगठन सृदृढीकरण तथा विस्तार अभियान” चलिरहेको छ । अभियान दशैंको लागि स्थगित गरेको नेकपाले पुःन संचालन गरेकाे हाे ।

लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरु कपिलवस्तु, रुपन्देही, गुल्मी, नवलपुर, नवलपरासी, पाल्पा, अर्घाखाँचीका गाउँ–गाउँमा अभियान संचालन भइरहेको नेकपा लुम्बिनी ब्युरोले बताएको छ ।
यही सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरो अन्तर्गत रहेको क्षितिज सांस्कृतिक परिवारले तराइका विभिन्न गाउँ–गाउँ र जनताको घरदैलोमा पुगेर राष्ट्रियता, जनतन्त्र, जनजीवीकाको पक्षमा र भ्रष्टाचार, महंगी र जनघातको विरुद्ध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सांस्कृतिक कार्यक्रममा हज्जारौंको संख्यामा जनताहरु सहभागी भएका छन् ।

कपिलवस्तुको शिवगढीमा आयोजित सांस्कृतिक कार्यक्रमको अवसरमा बोल्दै नेकपाका पोलिटब्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले सामाजिक दलाल फासीवादको विरुद्ध वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागी क्रान्तिको पक्षमा दृढतापूर्वक उभिन अपील गरेका छन् । नेता वीरजंगले संसदीय राज्यसत्ताको दमन र षड्यन्त्रले क्रान्ति नरोकिने बताएका छन् ।

क्षितिज परिवारले कपिलवस्तुको दुविया, गब्दहवा, भित्रिया, भवानपुर, वनकट्टा, हल्लानगरमा विशाल जनताको उपस्थितिमा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बनकट्टाको सांस्कृतिक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य संजीवकुमार, दुविया र गब्दहवाको कार्यक्रममा कपिलवस्तु सेक्रेटरी सुनिलले सम्बोधन गरेका थिए ।
क्षितिज परिवारले केही दिन अगाडी रुपन्देहीको सैनामैनाका विभिन्न गाउँहरुमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नुका साथै किसानको खेतमा गई धान काटेर एकदिने श्रमशिविर समेत गरेको परिवारका संयोजक एवं कलाकार संयोगले बताएका छन् ।

२०७५ कात्तिक ७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :