सत्तासिन नेकपाका २६ जना नेता-कार्यकर्ता विद्रोही नेकपामा प्रवेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले दशैंको लागि स्थगित गरेको अभियान पुनः सुरु गरेको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु गरेको हो ।

नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ । उक्त अभियान सुरु भएको पहिलो दिनमै बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाबाट सत्तासिन नेकपाका साहासीको नेतृत्वमा २६ जना नेता-कार्यकर्ता विद्रोही नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई जिल्ला इन्चार्ज विवेकले टिका लगाएर स्वागत गरेका थिए । उनीहरु पनि अभियान टोलीमा सहभागी भएका छन् ।

२०७५ कात्तिक ७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :