नेकपाका जिल्ला नेता गिरफ्तार

अर्जुन दयाल
कञ्चनपुरः जेठ ११, नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सचिव अर्जुनलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ  । उहाँलाई बिहिबार विहान स्थानीय दलित समुदायको घर निर्माणको क्रममा रहेको बेला गिरफ्तार गरेको हो । जिल्ला इन्चार्ज अग्निको जारी विज्ञप्तिमा भनिएको छ  “गिरफ्तार परेका ने्ता–कार्यकर्ता विना शर्त तुरुन्त प्रशासनले रिहाई नगरे विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी नेपाल सरकार र स्थानीय प्रशासन हुनेछ ।” कथित स्थानीय निर्वाचन खारेजीको क्रममा विभिन्न स्थानबाट नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, सार्वजनीक मुद्धा लगाउने, मानसीक यातना तथा शारीरिक यातना दिने जस्ता मानवअधिकार उल्लघनकाे अमानवीय रवैयाप्रति नेकपाले घोर आपत्ती गरेका छन् ।
kanchanpur Bi

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :