सुदूरपूर्वको भाग्य

रुसको पुर्वी क्षेत्रको विकास योजनाले चीन–रुसको आपसी सहयोगमा नया“ स्थान प्रदान गर्दछ

लिशा (lisha)
सन् २०१२ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपतीय पद पुनः ग्रहण गरेदेखि देशको पूर्वी क्षेत्रको विकास राष्ट्रिय रणनीतिक प्राथमिकतामा परेको छ । त्यस नीतिको फेरबदलले रुसी पूर्वी क्षेत्रको आर्थिक वृद्धि विकास र सहरी विकासमा नयाँनयाँ अवसर ल्याउनुका साथै चीन र रुसबीच क्षेत्रीय आपसी सहयोगमा यथेष्ट स्थान प्रदान गरेको छ ।
अत्यन्त ठूलो सम्भाव्यता
रुसको पूर्वी क्षेत्र मुख्य गरेर देशको साइबेरियाली सङ्घीय जिल्ला र सुदूरपूर्व सङ्घीय जिल्लामा पर्छ । प्राकृतिक भौगोलिक परिस्थिति, क्षेत्रीय विकासको इतिहास र राष्ट्रिय नीतिका कारण पूर्वी क्षेत्रमा सहरी विकासको भविष्य उदीयमान अवस्थामा छन् ।
रुसको आर्थिक सामाजिक विकास व्यापक रूपले असन्तुलित छ । सहरहरूबीच विकासका खाडलहरू साह्रै भयावह छन् । रुसको पश्चिमी क्षेत्रले देशको कुल जनसङ्ख्याको झन्डै ७८ प्रतिशत ओगट्छ, यसको कुल औद्योगिक उत्पादनमा ७० प्रतिशतभन्दा बढी र कुल कृषि उत्पादन ७६ प्रतिशत छ । रुसको पूर्वी क्षेत्रमा सहर विकासको सम्भावना अत्यन्त ठूलो छ ।
रुसको धेरैजसो खनिज, ऊर्जा, वनजङ्गल, पानी र सामुद्रिक जैविक स्रोत पूर्वी क्षेत्रमै केन्द्रित छन् । त्यसो भएर पूर्वी क्षेत्रले रुसको कच्चा पदार्थ आपूर्ति र ऊर्जा सुरक्षा निर्णायक भूमिका खेल्छ ।
हालसालै रुसको पश्चिमी क्षेत्रमा स्रोतहरूको बढ्दो अभाव हुँदा देशको आर्थिक विकास बढीभन्दा बढी पूर्वी क्षेत्रको स्रोतहरूमा निर्भर छ । मध्यपूर्वमा बढ्दै गरेको अस्थिरतासँगै विश्व बजारमा पूर्वी रुसको ऊर्जा निर्यात स्थिति अझ बढ्नेछ । पछिल्ला २० वा ३० वर्षमा, आर्थिक वकासका लागि घरेलु र अन्तर्राष्ट्रिय हिसाबले रुसले पूर्वी क्षेत्रको स्रोत विकासलाई अझ बढी प्रवद्र्धन गर्नेछ । यसले त्यस पूर्वी क्षेत्रको सहरी विकासमा ठूलो प्रभाव पार्नेछ ।
सोभियत सङ्घको क्षेत्रीय विकासलाई सन्तुलित गर्ने रणनीति समाप्त भएको कारणले सोभियत सङ्घको विघटनपछि रुसको पूर्वी क्षेत्रले विकासका लागि केन्द्रीय सरकारको नीति र आर्थिक सामथ्र्य गुमाउन सुरु ग¥यो । पूर्व र पश्चिमबीच विकासको खाडल निकै नै गहिरिँदै गर्दा पूर्वी क्षेत्रको आर्थिक स्थितिमा निरन्तर ह्रास आयो । रुसको सङ्घीय सरकार के कुरामा सचेत छ भने पूर्वी क्षेत्रको आर्थिक पछौटेपनले एसिया–प्रशान्त आर्थिक सहकार्यमा आफ्नो संलग्नतालाई बाधा पु¥याउनुका साथै राष्ट्रिय अर्थतन्त्रले पुनः जागरणलाई पनि रोक्छ । तसर्थ रुसले पूर्वी क्षेत्रका पक्षमा ढल्किएको सङ्घीय नीतिसँगै आफ्नो राष्ट्रिय विकास रणनीतिलाई त्यसअनुकूल बिस्तारैबिस्तारै समायोजन गर्दै लगेको छ ।
अझ बढी विवेकपूर्ण खाका
बजार संयन्त्रअन्तर्गत सहरहरूबीचको आर्थिक सम्बन्ध अझ बलियो हुनेछ । विकास र आर्थिक फाइदाका लागि त्यस क्षेत्रमा हुने जनसङ्ख्या, प्राकृतिक स्रोतहरू र आर्थिक गतिविधिहरू मुख्यमुख्य सहरहरूमा एकत्र हुने बढी सम्भावना हुन्छ । ठूल्ठूला सहरहरूमध्ये धेरैजसो सहरहरूले नयाँ क्षेत्रीय आर्थिक प्रणालीमा कीर्तिमान कायम गर्ने प्रबल सम्भावना छ ।
पूर्वी क्षेत्र भनेको रुसको सबैभन्दा महइभ्वपूर्ण कच्चा खनिज पदार्थको आधार हो । त्यहाँ देशकै ८० प्रतिशतभन्दा बढी परीक्षण भइरहेका खनिज स्रोतहरूका भण्डारहरू छन् । त्यसो भए पनि स्रोतहरू अहिलेसम्म ठूलो परिमाणमा निकालिएको छैन । भविष्यमा हुने विकासको सम्भावना अत्यन्त ठूलो छ । खानीहरूको उत्खनन् र पूर्वाधार सुधारलाई विस्तार गरिएमा ती क्षेत्रहरूमा आर्थिक अभिवृद्धिका नयाँ स्रोतहरू निश्चित रूपले प्रादुर्भाव हुने सम्भावना छ । ती क्षेत्रहरूमा यथेष्ट मात्रामा खनिज पदार्थका भण्डारहरू छन् । यसबाट नयाँनयाँ स्रोतमा आधारित सहरहरूको विकास हुनेछ । साइबेरिया र सुदूरपूर्वले एसिया प्रशान्त देशहरू र युरोपबीचको सबैभन्दा नजिकको यातायातका बाटाहरू प्रदान गर्नेछन् ।
त्यसैगरी रुसमा उत्तरी समुद्री बाटो पनि उपर्युक्त यातायातको मार्ग हुनेछ । सोभियत सङ्घको विघटनपछि सुदूरपूर्व बन्दरगाहहरू नै सबैभन्दा महइभ्वपूर्ण बन्दरगाहहरू भएका छन् । रुसले पूर्वी क्षेत्रको विकास गर्ने रणनीति तय गरेदेखि सिमानासँग जोडिएका सहरहरू र समुद्रका छेउछाउमा रहेका सहरहरूको महइभ्व अझ बढेको छ । त्यस गणनीतिको लक्ष्य एसिया प्रशान्त क्षेत्रलाई एकीकेत गर्नु रहेको छ ।
सुदूरपूर्व रुसको एसिया–प्रशान्त देशहरूसँग व्यापार र वित्तीय अनि आपसी प्राविधिक सहयोगलाई बलियो बनाउने मुख्य आधार क्षेत्र भएको छ । पूर्वी रुसको आगामी आर्थिक र सहरी विकासमा नीतिहरू प्रोत्साहन दिने खालको हुनुपर्छ भने बजारलाई आधारभूत (मुख्य) भूमिका खेल्न दिनुपर्छ । यसरी सिमानासँग जोडिएका सहर र समुद्री सहरहरूले नयाँ विकासका फाइदाहरू प्राप्त गरेका छन् ।
पूर्वी रुसको भविष्यको अर्थतन्त्र र सहरी विकासमा प्रोत्साहन दिने नीति निर्माणसहित बजार व्यवस्थामा ध्यान पु¥याउनुपर्छ । यसबाट आधारभूत भूमिका निभाउन सकिन्छ ।
क्षेत्रीय विकासको दूरीलाई कम गर्दै लान अनुकूल नीतिहरू महइभ्वपूर्ण साधनहरू हुन् । रुसको कम विकसित पूर्वी क्षेत्रलाई सुरुकै चरणमा आधारभूत संरचना र लगानी वातावरण सिर्जनामा केन्द्रित हुने अनुकूल नीतिको आवश्यकता छ । त्यसैबेला नयाँ क्षेत्रीय बजार सामथ्र्यलाई प्रोत्साहित गर्ने र बजार सम्भाव्यतालाई व्यवहारमा लाने नीतिहरूले सघाउनुपर्छ । सुदूरपूर्व सङ्घीय जिल्ला र साइबेरियाली सङ्घीय जिल्ला दुईटै पूर्वी क्षेत्रसँग सम्बन्धित भए तापनि यी दुईबीचका भिन्नताहरू धेरै छन् । साइबेरियाली सङ्घीय जिल्लाको सहरी विकासको तह सुदूरपूर्व सङ्घीय जिल्लाको भन्दा धेरै माथि छ । तसर्थ पूर्वी क्षेत्रको विकासप्रक्रिया दुई जिल्लाका लागि सहयोग नीति भिन्नभिन्न हुनुपर्छ ।
अवरोध पु¥याउने केही कारणहरूले रुसको पूर्वी क्षेत्रको सहर र आर्थिक विकासलाई सीमित पार्ने आशङ्का छ । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएदेखि त्यस क्षेत्रको विकासका लागि जनसङ्ख्या ह्रास र श्रम अभाव नै प्रमुख समस्याहरू भएका छन् । १९९० देखि २०१२ सम्ममा सुदूरपूर्व सङ्घीय जिल्लाको जनसङ्ख्या ८.७ प्रतिशतले घट्यो भने साइबेरियाली सङ्घीय जिल्लाको जनसङ्ख्या २२.१ प्रतिशतले घट्यो । यसबाट श्रम शक्ति निकै घट्यो । घटेका मजदुरहरूमध्ये बढीजसो सक्षम प्रौढ मजदुरहरू र उच्च तहका पेसेवरहरू रहेका छन् । त्यस क्षेत्रको दीर्घकालीन विकासका निम्ति यो कुरा समस्याग्रस्त हुनसक्छ ।
अझ त्योभन्दा पनि आर्थिक वृद्धिका लागि स्रोतहरूमा अत्यधिक निर्भरता अन्ततः एक किसिमको अभिशाप बन्न सक्छ । देशका प्रचुर प्राकृतिक स्रोतहरूले असावधानीपूर्वक संस्थागत विकासको प्रेरणादायक भूमिलाई कमजोर र आर्थिक सुधारको गतिलाई सुस्त बनाइदिएको छ । सुधारको ढिलो दर र कमजोर संस्थागत विकासले प्राकृतिक स्रोतहरूको प्रभावकारी प्रयोगलाई बाधा पु¥याएको छ । यो कुचक्र ९ख्ष्अष्यगक ऋष्चअभि० रुसको पूर्वी क्षेत्रमा विशेष रूपले प्रस्ट छ । प्राकृतिक स्रोतहरूको प्रचुरताले त्यस क्षेत्रको दिगो र व्यापक आर्थिक विकासका लागि अझै भित्री शक्ति ९भ्लमयनभलयगक० स्रोतको रचना गर्न सकेको छैन ।
अझै त्यस क्षेत्रमा लगानी गर्ने वातावरण निकै कमजोर छ । प्रथमतः अनुकूल कानुनी प्रत्याभूति र आवश्यक स्वीकारयोग्य नीतिहरूको अभावबाट त्यस्तो भएको हो । धेरैधेरै वैज्ञानिक संस्थाहरूले त्यहाँ काम गरिसके तापनि त्यस क्षेत्रमा बजारीकरण परिपक्व छैन । वैज्ञानिक अनुसन्धानका उपलब्धिहरू अझै कार्यान्वयन हुनसकेका छैनन् ।
बढ्दो आपसी सहयोग
रुसको पूर्वी क्षेत्र र चीनको उत्तरपूर्वी प्रान्तहरूबीच स्वस्थ आर्थिक र व्यापारिक आपसी सहयोग बढेको छ । रुसको पूर्वी क्षेत्रको विकास र उत्तरपूर्वी चीनको पुनरुत्थानबीचको सकारात्मक अन्तरक्रियाले दुई देशबीचको सीमाना क्षेत्रहरूमा आपसी हित तथा आपसी सहयोगको अभिवृद्धि भएको छ ।
रुसको पूर्वी क्षेत्रले सामना गर्नुपरेको श्रम शक्ति र लगानीको अभाव छोटो समयावधिभित्र सजिलै समाधान गर्न सकिँदैन । अर्को शब्दमा भन्नुपर्दा विशेष गरेर चीनको थप सहयोगबिना यो मामला सुल्झिने सम्भावना छैन । रुसको पूर्वी क्षेत्रको विकासमा सहभागी हुनु चीनको चाहनाअनुसार पनि स्वार्थ मिल्न जान्छ । यसबाट चीनलाई ऊर्जा र प्राकृतिक स्रोतहरूको माग पूर्ति गर्न मद्दत मिल्छ । यसैगरी उत्तरपूर्वी चीनका पुराना औद्योगिक आधार हरूको पुनरुत्थान गर्ने कार्य र समग्रमा चीनको प्राकृतिक स्रोतको सुरक्षालाई अझ राम्रो गर्न सहयोग पुग्छ ।
रुसको पूर्वी क्षेत्रमा आधारभूत संरचना निर्माण कार्यबाट चिनियाँ मजदुरहरूले अझ बढ कामको मौका पाउन सक्छन् । यसबाहेक आधारभूत संरचना निर्माणकार्यबाट चीनलाई फाइदा हुन्छ र रुसको पूर्वी क्षेत्र विकास रणनीतिले चिनियाँ व्यवसायीहरूले काम पाउँछन् । रुसको सुदूरपूर्व जिल्लाको सबभन्दा ठूलो सहर खाबारोभ्स्क ९प्जबखबचयखकप० हो । चीनको फुयुआन ९ँग थ्गबल० काउन्टी सिमानाको ठीक पारिपट्टि खाबारोभ्स्क छ । चीनको हैसियाय टापु ९ज्भष्हष्बशष् क्ष्कबिलम० रुसमा ‘बोल्सोइ युसुरिस्की टापु’ ९द्ययकिजयथ गककगचष्थकपथ क्ष्कबिलम० का रूपमा चिनिन्छ । त्यस टापुलाई संयुक्त रूपले विकास गर्ने चीन र रुसको योजनाअनुरूप दुई देशबीचको आर्थिक सम्बन्धले सिमानामा जोडिएका सहरहरूको विकास अझ तीव्र हुनेछन् ।
(लेखिका चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको भौगोलिक विज्ञान र प्राकृतिक स्रोत–अनुसन्धान संस्थानकी अनुसन्धानकर्ता हुन्
The Far East Fortune
BEIJING REVIEW
February 6, 2014
रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :