शैक्षिक विकृतिका विरुद्ध विद्यार्थीको प्रदर्शन

दाङ, देशमा भैरहेको भ्रष्टाचार, महँगी, बलात्कार र शैक्षिक विकृृतिका विरुद्ध अखिल क्रान्तिकारीको आयोजनामा दाङमा बृहत् ¥यालीसहित प्रदर्शन गरिएको छ ।
तुलसीपुर र घोराहीमा सोमबार भएको प्रदर्शनमा एकै साथ हजारौँ विद्यार्थी र स्थानीय सहभागी भएका थिए । तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर वलीले ११ सय योद्धाहरू अझै बेपत्ता रहेको बताए ।
यस्तै भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविनले पार्टीमाथि राज्यले लगाएको प्रतिबन्ध जनताले खारेज गरिदिएको बताए ।
कार्यक्रममा योङ रेड फोर्सका केन्द्रीय सदस्य तिलक योगी, क्रान्तिकारी पत्रकार सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष जानकी चौधरी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जीसी, अखिल नेपाल शिक्षक सङ्गठन ५ प्रदेशका अध्यक्ष नारायण भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य डिल्ली वलीलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले गरेका थिए भने स्वागत मन्तव्य मनोज परियारले राखेका थिए ।
यसैबीच घोराहीमा भएको अखिल क्रान्तिकारी घोराहीको प्रथम नगर सम्मेलनले खुमन पौडेलको अध्यक्षतामा २१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । सम्मेलनले नगरको उपाध्यक्षमा गोविन्द मल्ल, सचिवमा शरद केसी, सहसचिवमा पुनमसिंह ठकुरी र कोषाध्यक्षमा जीवन घर्तीमगरलाई निर्वाचित गरेको छ ।

मिति २०७५ साल असोज २४ गते बुधवार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :